Media Network

उक्लियो अमेरिकी डलरको भाउ


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । अमेरिकी डलरको भाउ विहीबार पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबारदेखि १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । 

अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ । आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद