Media Network

उपकार लघुवित्तको साधारण सेयरको बिक्री कार्य खुल्ला


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बिक्री कार्य खुल्ला भएको छ । संस्थाको आज शुक्रबारबाट दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) को बिक्री खुल्ला भएको हो । 

संस्थाका अनुसार हाल कायम रहेको जारी पुंंजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ मध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता आईपिओको बिक्री खुल्ला गरिएको हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड विक्री प्रर्वन्धक रहेको संस्थाको आईपिओको बिक्री छिटोमा चैत्र २९ गते र ढिलोमा बैशाख नौं गते बन्द हुने छ । 

बिक्री गरिने कुुल सेयर मध्ये शुन्य दशमलव पाँच प्रतिशत अर्थात तीन हजार दुई सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ११ हजार आठ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता सेयर सर्वसाधारणको लागि तोकिएको छ । 

हाल अधिकृत पुंजी आठ करोड एवं जारी पुंजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुंजी चार करोड २० लाख रुपैंयाँ रहेको छ । आईपिओको बिक्री पश्चात भने संस्थाको चुक्ता पुंजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्ने छ । लगानीकर्ताहरुले १० देखि अधिकतम एक सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने संंस्थाले जानकारी दिएको छ ।   

  


Share:
Reaction :
ताजा समाचार
खेलकुद