Media Network

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्पmत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ । 

वेबसाइटमार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन÷बन्द गर्न÷पासवर्ड रिसेट, मेरो शेयरको रजिष्टे«शन÷नविकरण÷पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता÷ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन । यी सबै सेवाहरु बंैकको वेबसाइट मार्पmत प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । 

बैंकले देशैभर आफ्ना १७५ वटा शाखा, १२५  वटा ए.टी.एम. र ९३ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद