Media Network

विलासी कारमा मर्सिडिजलाई उछिन्यो बीएमडब्लूले


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । विलाशी कारहरुको सुचीमा मर्सिडिजलाई बीएमडब्लूले पछि पारेको छ । जर्मन विलासी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै २२ लाख कार बिक्री गरेको छ। योसँगै बीएमडब्लू विलाशी कार बिक्रीमा मर्सिडिज बेन्जलाई उछिन्दै शीर्ष स्थानमा पुगेको हो । 

विश्वभर कोरोना महामारीका कारण विश्वबजारले खेपेको आर्थिक मन्दीका बाबजुत विलासी कार निर्माता बीएमडब्लूले यो सफलता हासिल गरेको हो । 

सन् २०२१ मा बीएमलडब्लूले २२ लाख विलासी कार बिक्री गर्दै प्रतिस्पर्धी मर्सिडिजले २० लाख ५० हजारवटा कार बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।  

बीएमडब्लू अन्तर्गत मिनी र रोल्स रोयस ब्रान्ड पनि छन् । २०२२ मा बीएमडब्लूका साथै मिनी र रोल्स रोयस ब्रान्डले समेत कार बिक्रीमा राम्रो प्रगति गरेका छन् ।

बीएमडब्लूका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। लक्ष्मी प्रिमियमले बीएमडब्लूका विभिन्न मोडलका कार उपलब्ध गराउँदै आएको छ । कम्पनीले काठमाडौंको तीनकुनेमा विश्वस्तरीय प्रिमियम शोरुम रहेकोे छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद