Media Network

वाणिज्य बैंकहरूले बढाए ब्याजदर


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौं । आज (आइतबार) देखि लागु हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । तरलता अभावलाई कम गर्न वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका हुन्। 

लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न नेपाल बैंकर्स संघले ब्याजदर बैंकलाई नै निर्धारण गर्ने गरि निक्षेप संकलन गर्न छोडेको हो ।

माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ।  नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। 

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद