Media Network

वाणिज्य र विकास बैंकपछि फाइनान्स कम्पनीको पनि ब्याजदर बढ्ने


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

काठमाडौं। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको आगामी फागुनमा ब्याजदर बढ्ने भएको छ ।

नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले फागुनमा ब्याजदर बढाउने निर्णय गरेको हो ।बैठकले नेपाल राष्ट्र बैंकको निर्देशनभित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको छ। अब बैकले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज लिन पाउनेछन्। 

त्यस्तै बचत खातामा न्यूनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन् । बैंकहरूले तोकिएको सीमाभित्र रहेर ब्याजको दर आफूअनुकुल कायम गर्न पाउने समेत भएका छन्। बैंकहरूले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने भएका छन्।

बैठकले  क्षेत्रीयस्तरका विकास बैंकहरूको ११.६५ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरूको ११.५५ प्रतिशत पु¥याउने निर्णय गरेको छ । त्यस्तै फाइनान्स कम्पनी संघले पनि ब्याजदर बढाउने निर्णय गरेका छन्। फाइनान्सहरूले मुद्दतिमा अधिकतम ११.७१ र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद