Media Network

वर्ल्ड ट्रेड सेन्टरले १४ वर्षदेखि तिरेन भाडा


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित जनप्रशासन क्याम्पसको १० रोपनी १३ आना जग्गामा रहेको व्यापारिक भवन वर्ल्ड ट्रेड सेन्टरले १४वर्षदेखि भाडा तिरेको छैन । व्यापारिक भवन वर्ल्ड ट्रेड सेन्टरले १४ वर्षदेखिको १ करोड ६७ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्रिपुरेश्वरस्थित मुख्य चोकमा निकै सस्तो भाडामा ट्रेड सेन्टरले लिजमा लिए पनि सस्तो भाडासमेत नतिरेर अटेरी गर्दै आएको छ । 

भवन निर्माण गरी ३२ वर्ष प्रयोग गर्नेगरी उक्त जग्गा भाडामा दिन एक व्यवसायीसँग २०५९ माघ २ गते सम्झौता भएको थियो । सम्झौता अनुसार प्रत्येक महिनाको घर भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने र समयमा नबुझाएमा २० प्रतिशतका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ । तर, ती व्यवसायीले २०६४ साल वैशाखदेखि २०७८ असारसम्म १ करोड ६७ लाख बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद