Media Network

विदेशमा बस्ने नेपालीलाई क्रिप्टोकरेन्सी कारोबारमा रोक


खबरस्टोरी संवाददाता

१० माघ २०७८,सोमबार

काठमाडौँ । अबबाट विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै राष्ट्र बैंकले आइतबार सूचना जारी गरी निर्देशन दिएको छ ।

पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी÷क्रिप्टोकरेन्सीको कारोबार÷प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने÷गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको पनि सूचनामा उल्लेख छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद