Media Network

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्तको तयारी थालेको छ ।

यसअघि दुईपटक स्पष्टिकरण सोधिसकेको पर्यटन मन्त्रालयले स्पष्टिकरणमा चित्त नबुझेपछि उनलाई बर्खास्त गर्न प्रस्ताव अघि बढाएको हो ।

स्रोतका अनुसार आफुलाई हटाउन लागेको थाहा पाएपछि अधिकारीले मन्त्री प्रेम आले विरुद्ध उत्रिएको बताईएको छ । हालै मात्र सार्वजनिक भएको मन्त्री आलेसँगको विवादको अडियो गोप्य रुपमा रेकर्ड गरी सार्वजनिक गर्नेुमा अधिकारीकै हात रहेको मन्त्री इतरका व्यक्तिहरु बताँउछन् ।

अध्यक्ष अधिकारी यसअघि पनि विभिन्न खालका विवादहरुमा मुछिदै आएका थिए । पछिल्लो समययता निगमभित्र बेथिती बढेपछि मन्त्रालय उनीप्रति रुष्ट बनेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद