वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित
काठमाडौ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो।सरकारले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको। उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको आरोप छ। मन्त्रिपरिषद्को बैठकले अधिकारीले कर्मचारीमाथि दूर्व्यवहार  गरेकोसहित उनीमाथिका सबै आरोपको छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत भएको छ ।

कर्मचारीलाई दूर्व्यवहार  गरेको आरोपमा गएको जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो। 

निगमका पूर्वकर्मचारी अधिकारी गएको कात्तिकमा निगमको अध्यक्ष नियुक्त भएका थिए। पछिल्लो समय अधिकारीसँग पर्यटनमन्त्री प्रेमबहादुर आलेबीच द्धन्द्ध बढ्दै गएको थियो । 

मन्त्री आलेले अधिकारीलाई अश्लिल शब्दमा गाली गरेको अडियोसमेत सार्वजनिक भएको छ। यस सम्बन्धमा पनि मन्त्री परिषद्ले छानविन गर्ने निर्णय गरेको छ।