दिवसका अवसरमा विहीबार समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ ।
यसैबीच, सन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट वृक्षरोपण अभियानको शुभारम्भ गरिने भएको छ । अभियानको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।