Media Network

अमेरिकी विज्ञको चेतावनी : क्रिसमसका कारण ओमिक्रोनको संक्रमण भयावह हुनसक्ने


खबरस्टोरी संवाददाता

५ पुष २०७८,सोमबार

एजेन्सी। डा. एन्थोनी फाउचीले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् । खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि संक्रमण क्रिसमसको समयमा संक्रमण बढ्ने जोखिम रहेको संक्रामक रोक विशेषज्ञ डा. फाउचीले बताएका हुन् ।

एनबिसी टेलिभिजनको मीट द प्रेससँग भनेका छन्, ‘ओमिक्रोनको संक्रमण फैलिने सम्भावना निकै रहेकोमा कुनै शंका छैन । ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ ।’

५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।

हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् ।

पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।अमेरिकामा पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ, खास गरी खोप नलगाएकाहरुमा संक्रमण तीव्र छ ।

ओमिक्रोन भेरियन्टको संक्रमणले अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने डा. फाउचीले आइतबारको अन्तर्वार्ताको क्रममा चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘अहिले जस्तो देखिएको छ सोही अवस्था कायम रहेमा हाम्रा अस्पतालहरु तनाव आउने छन् ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद