Media Network

अमेरिकाद्वारा नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप प्रदान


खबरस्टोरी संवाददाता

९ पुष २०७८,शुक्रबार

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपाललाई  थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराएको छ।  यो खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाइनेछ। 

यसअघि अमेरिकाले एक लाख ६२० डोज फाइजर र १५ लाख ३५ हजार जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो।  अहिलेसम्म खोप बाहेक अमेरिकाले १२ करोड २० लाख डलरभन्दा बढीको चिकित्सा सामाग्री, तालीम र प्राविधिक सहयोग गरिसकेको छ। साथै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र खोप लगाउन प्रोत्साहित गर्ने कार्यमा नेपालसँग साझेदारी गर्दै आएका छन्।

यूएसएआईडीले अति कम तापक्रमयुक्त फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा प्रयोगयोग्य राख्न कोल्ड चेन कायम राख्ने प्राविधिक सहयोग उपलब्ध गराइसकेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद