Media Network

अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु पर्ने बाध्यता हट्यो


खबरस्टोरी संवाददाता

४ चैत्र २०७८,शुक्रबार

काठमाडौं। सरकारले अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने बाध्यता हटाएकाे छ।  अबबाट कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनुनपर्ने बताएको हो । तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ । 

सरकारले यो निर्णय २३ फागुनमै लागु गरेको थियो । तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन् । मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरिसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद