Media Network

बढी रकम असुलेको आरोपमा मणिपाल कलेजमा विद्यार्थीहरूल‍े गरे तालाबन्दी


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौं। मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका विद्यार्थी तथा अभिभावकहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क लिएको भन्दै कलेजमा तालाबन्दी गरेका छन्। पोखरास्थति मणिपाल मेडिकल कलेजले एमबिबिएस अध्ययनका लागि भर्ना हुन पुगेका विद्यार्थीसँग सरकारले तोकेकोभन्दा ६ लाख बढी शुल्क असुलेको विद्यार्थीले आरोप लगाएका छन्। 

उनीहरुले नियमविपरित असुलेको शुल्क फिर्ता नगरेसम्म अनिश्चित समयका लागि तालाबन्दी गरेको बताएका छन्। तालबन्दीपछि प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले गैरकानूनी रुपमा शुल्क नलिन चेतावनी दिएका छन्। ‘यस्तो चरम गैरकानूनी लुट तुरुन्तै रोकी बढी लिएको शुल्क फिर्ता गर्न मणिपाल लगायत विभिन्न प्राइभेट मेडिकल कजेज प्रशासनलाई चेतावनी गर्दछौं। र यो विषयमा सम्बन्धित निकायलाई कारबाही र निकासको निम्ति आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। मणिपाल कलेजले विद्यार्थीहरुलाई जबरजस्ती आवासमा बस्न बाध्य बनाएको पनि विद्यार्थीहरुले आरोप छ।

आयोगले लिएको प्रवेश परीक्षामा मेरिटमा रहेका विद्यार्थीले म्याचिङ अनुसार भर्नाका लागि एमबिबिएस अध्ययनका लागि नियमअनुसार पहिलो किस्ताको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन्। तर कलेजले यसरी नियमअनुसार शुल्क तिरेका विद्यार्थीसँग थप ६ लाख मागेपछि विद्यार्थी र अभिभावक आक्रोसित बनेका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद