Media Network

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजाको जीवाणु


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ । 

काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ । 

‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद