Media Network

बाग्मती सरकारले ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८२,आईतवार

काठमाडौँ । किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि नमुनाका रूपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।

किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिए । किशोर किशोरीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अवस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो ।

उनले यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उनले बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरी देशभरमै पहिलो पटक मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिए ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरेको छ । कार्यक्रम सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यान्वयन हुने निर्देशनालयका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए ।

उनले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीका सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरी सन्देशहरू, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरू प्रसारण गरिने बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद