Media Network

बालबालिकाका लागि चाँडै नै एक करोड डोज खोप आउँदैछ : स्वास्थ्यमन्त्री खतिवडा


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७८,बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकाका लागि चाँडै नै एक करोड डोज खोप नेपाल आइपुग्ने बताएका छन्। नेपालले अमेरिकासँग खरिद गरेको कोभिड १९ विरुद्धको १ करोड डोज फाइजर र मोर्डनाको खोप छिट्टै आइपुग्ने भएको हो । 

बिहीबार स्वास्थ्य पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री खतिवडाले १ करोड डोज खरिद सम्झौता भइसकेको र पहिलो चरणको खोप लगाउन सुरु गरेको १५ दिनभित्र सो खोप ल्याइने बताएका हुन् । पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई १ लाख डोज फाइजर खोप दिन लागिएको छ । अब आउने खोप भने १२ देखि १८ वर्ष उमेरसमूहका ५० लाख जनालाई दिने योजना रहेको पनि मन्त्री खतिवडाले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद