स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिने भएको हो । मन्त्रालयका अनुसार पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ।
त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले बुस्टर डोज खोप लगाइसक्दा आगामी असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप दिने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।