Media Network

डा. केसीको आरोपः नोवेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक आपराधिक पृष्ठभूमिका


खबरस्टोरी संवाददाता

२० माघ २०७८,बिहीबार

काठमाडौं । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै आएका अभियन्ता डा. गोबिन्द केसीले नोबेल र काठमाडौं मेडिकल कलेजमा सञ्चालक आपराधिक पृष्ठभूमिका भएको आरोप लगाएका छन् । 

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई विहीबार आफ्नो सात बुँदे ध्याकर्षणपत्र बुझाउँदै उनीहरुलाई कारबाही गर्न समेत आफ्नो ज्ञापनपत्रमा माग गरेका छन् । 

डा. केसीले मन्त्री खतिवडालाई बुझाएको ज्ञापनपत्रमा आफूले विगतमा राख्दै आएको माग पूरा गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘आपराधिक पृष्ठभूमिका ब्यक्तिहरुले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ ।’– केसीले ध्यानार्षणपत्रको चौंथो बुदामा लेखेका छन्, ‘आन्दोलनत विद्यार्थीको भविष्य अहिले पनि अन्योलमा छ । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशन बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई रोकि दोषि मेडिकल कलेजहरुमाथि कडा कारबाही गरियोस् ।’ 

डा. केसीले नेपाल मेडिकल काउन्सिलमा बसेर पदीय मर्यादाविपरित स्वार्थ समूहहरुको कामगर्ने तथा स्वार्थको द्वन्द्व भएका ब्यक्तिहरुलाई पदमुक्त गरी योग्य र निश्पक्ष ब्यक्तिहरुलाई नियुक्त गर्नुपर्ने माग पनि स्मरण गराएका छन् ।  

यस्तै, डा. केसीले सरकारी अस्पतालको सेवा शुल्क निजी सरहको भएकाले भन्दै निःशुल्क गर्न पनि सरकारसँग माग गरेका छन् ।  

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि छाता ऐन जारी गर्नुपर्ने माग पनि केसीले उल्लेख गरेका छन् । 

विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गर्नुपर्ने माग पनि केसीले दोहोर्याएका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद