Media Network

एकै दिन १२ हजार बढीलाई कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

६ माघ २०७८,बिहीबार

काठमाडौं । नेपालमा विहीबार एकै दिन १२ हजार बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार पीसीआर परीक्षणबाट १० हजार ५२  र एन्टिजेन परीक्षणबाट २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयकाअनुसार, देशभर ५७ हजार ३ सय  २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अध्यावधिक विवरणअनुसार, अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ६४९ जना संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ । 

यसैबीच, काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद