काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार १२६ जनाको एन्टिजेन र पिसिआर परीक्षण गर्दा १७७ जनामा कोरोना पुष्टि भएको हो ।
घिल्लो दिनको भन्दा यो संख्या धेरै हो । सोमबार जारी गरेको तथ्यांकमा नेपालमा १६८ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार ३ हजार २० जनाको एन्टिजेन र पिसिआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।