काठमाडौं। काठमाडौंमा एकै परिवारका दुईजनामा हैजा देखिए पछि हैजा तथा पानी जन्य रोगहरूको प्रकोप बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई खानपिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।
उक्त २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्षा याममा पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर खान र सरसफाइमा ध्यान दिन सुझाएको हो।