हैजा फैलिन थाल्यो, सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
हैजा फैलिन थाल्यो, सरसफाइमा ध्यान दिन स्वास्थ्य  मन्त्रालयको आग्रह
 काठमाडौं।  काठमाडौंमा एकै परिवारका दुईजनामा हैजा देखिए पछि हैजा तथा पानी जन्य रोगहरूको प्रकोप बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई खानपिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

उक्त २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्षा याममा पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर खान र सरसफाइमा ध्यान दिन सुझाएको हो।