Media Network

हुम्लामा पहिलो पटक कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

सिमकोट । हुम्लामा पहिलो पटक कारोना संक्रमण देखिएके छ । कोरोनाको तेस्रो संक्रमण तीब्र भइरहँदा पनि यसअघि कोरोना संक्रमित भेटिएका थिएनन् । 

हुम्ला जिल्ला अस्पतालमा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु गरिएपछि संक्रमित भेटिएका हुन् । 

जिल्ला अस्पताल हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएको थियो । ती मध्ये तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको छ । 

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद