Media Network

हप्ताको दुई दिन सार्वजनिक विदा ः अस्पतालको ओपिडी बन्द नगर्ने पक्षमा मन्त्रालय


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौँ । सरकारले आगामी जेठ १ देखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो निर्णयको नेपाल चिकित्सक संघले स्वागत गर्दै पूर्ण कार्यान्वयनको माग गरेको छ । तर स्वास्थ्य मन्त्रालय भने अस्पतालहरुमा दुई दिन सार्वजनिक दिने पक्षमा देखिएको छैन् ।मन्त्रालयले केही दिन भित्रै त्यसबारेमा विशेष निर्णय गरी अस्पतालको हकमा पूर्ववत रुपमै सेवा सञ्चालन हुने जानकारी दिदैछ ।

मन्त्रालयले सो निर्णय लिनु अघि एक पटक ठूला अस्पतालका निर्देशकहरुलाई बोलाई छलफल गर्ने तयारी समेत गर्दैछ । 

दुई दिन सेवा वन्द हुँदा सबैभन्दा बढी मार विरामीलाई पर्दछ । उनीहरु निजी अस्पतालमा जान बाध्य हुन्छन् । यसले सरकारी सेवा झन धारासाही बन्दै जानेछ । त्यसैले दुई दिन विदा गर्न हुँदैन् भन्ने पक्षमा मन्त्रालय छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद