Media Network

को हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई व्यक्ति ?


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ । नेपालमा पहिलो पटक ३ जना व्यक्तिमा कोभिड–१९ को नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएको छ ।

ओमिक्रोन पुष्टि हुनेमा दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का विदेशी व्यक्ति छन् । 

उनीहरू दुवैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने नेगेटिभ पीसीआर रिपोर्ट सहित नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ । 

ति दुवैलाई आइसोलेसनमा राखिएको छ । उननीहरुको अहिलेको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति आफैँलाई मंसिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गराउन आएका थिए । 

उनीहरुको पीसीआर रिपोर्टमा एस जिन नेगेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिए पश्चात दुवै जनाको मंसिर १९ गते (आइतबार) राति नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो ।

उनीहरु दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको र कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद