Media Network

कोरोना अपडेटः ८ हजार बढी संक्रमित, १५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१३ माघ २०७८,बिहीबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टी भएका १५ जनाको विहीबार एकै दिन मृत्यु भएको छ । 

सोही अवधिमा देशभरबाट ५ हजार २९२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद