Media Network

कोरोना भाइरसबाट २८० संक्रमित, २ को मृत्यु


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडौँ । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३६६ जना निको भएका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद