काठमाडौं। कोरोना भाइरसविरुद्धको १ लाख ८८ हजार डोज मोर्डना खोप पहिलोपटक नेपालमा ल्याइने भएको छ । सरकारले शुक्रबार (भोली) उक्त्त मोर्डना खोप ल्याउने भएको हो ।
स्वास्थ्य सेवा विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालमै पहिलोपटक मोर्डना खोप आउन लागेको हो । यो खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । भोली नेपाल आउने मोर्डना खोप नेपालमा कुन उमेर समुहलाई दिने भन्ने आधिकारीक जानकारी भने आउन बाँकि छ ।