Media Network

कोरोना संक्रमण बढ्दै, आज २२९ थपिए


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौं । देशभर कोरोना संक्रमण बढिरहेको छ । शुक्रबार थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा २२९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ४८ जना संक्रमित निको समेत भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ । मन्त्रालयका अनुसार देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद