काठमाडौँ । नेपालमा कोरोना संक्रमण फेरि बढ्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५४९ जनामा पीसीआर परीक्षण गर्दा ९० जना र ११७५ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जना गरी जम्मा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबार देशभर ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेसँगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ५७५ जना पुगेको छ ।