Media Network

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


खबरस्टोरी संवाददाता

९ माघ २०७८,आईतवार

जुम्ला।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो । 

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार स्वास्थ्यकर्मी र कर्मचारी गरी अहिले ५२ जनालाई संक्रमण भइसकेको छ  । मेडिकल रेकर्डर बुढाका अनुसार लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सबैलाई परीक्षण गराउने हो भने अस्पताल नै प्रभावित हुने हुँदा सतर्कता अपनाइएको हो । प्रतिष्ठानले गरेको पीसीआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा कोरोना देखिएको हो । 

कोरोनाको तेस्रो लहरयता एक सय सात जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा एन्टिजेनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ । त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा चार जना व्यक्ति उपचाररत छन् ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले   स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल  विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताइन । उनले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको अबस्थामा स्वास्थ्य सेवा नै  प्रभाबित हुने हुँदा उनीहरूको अवस्था बुझ्ने बताइन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद