स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म दुई जना पाँच वर्ष मुनिका बालबालिकासहित २७ जनामा हैजा पुष्टि भएको छ । तीमध्ये १० जनाको स्टूल कल्चर, १२ जनाको आरडीटी र पाँच जनाको ह्याङिङ ड्रप गरी संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
हैजाबाट संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा खानेपानीको परीक्षण गर्दा जारको पानीसमेत खराब भेटिएको थियो ।