Media Network

काठमाडौं उपत्यकामा ११० संक्रमित थपिए, सक्रिय कति ?


खबरस्टोरी संवाददाता

३ पुष २०७८,शनिबार

काठमाडौँ। काठमाडौं उपत्यकामा कोरोना भाइरसका ११० नँया संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा १८०० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८०८, ललितपुरमा ४९७ र भक्तपुरमा ४९५ सक्रिय संक्रमित छन्।

 नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।२५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद