Media Network

खोप अभियान एक साताका लागि स्थगित


खबरस्टोरी संवाददाता

१२ पुष २०७८,सोमबार

काठमाडौँ।  सरकारले भोलि पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ ।

खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सिरिन्ज खोप सँगै आउनु पर्ने हो। केही टेक्निकल कारणले खोप सँग सिरिन्ज आउन सकने। सिरिन्ज आउने बित्तिकै खोप लगाउन सुरु गरिने छ।’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

सिरिन्ज आउन कति समय लाग्छ भने अहिले नै भन्न नसकिने उनले बताए। ‘सानो टेक्निकल प्रोब्लम भएको हो। जसले गर्दा यही दिन आउछ भनेर भन्न सकिँदैन। तर केही दिनमै सिररिन्ज आउँछ। हामीसँग अरु सिररिन्ज प्रसस्त छ। फाइजर खोप लगाउनका लागि मात्रै सिरिन्जको समस्या भएको हो’, उनले भने।

मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो । ती ८ वटा जिल्लाहरूमा उपत्यकासहित वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद