Media Network

माघ २ गतेदेखि कोरोनाको बुस्टर डोज खोप दिइने


खबरस्टोरी संवाददाता

१ माघ २०७८,शनिबार

काठमाडौँ। सरकारले यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा 'बुस्टर डोज' दिने भएको छ । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। 

खोपका लागि माघ २ र १४ गते तोकिएको छ । माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।



 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद