मुख स्वास्थ्य भन्नाले मुख एवम् अनुहारको दुखाई, मुख तथा घाटीको क्यान्सर , मुखको संक्रमण ,जन्मदै तालु तथा ओठ चिरेको (खुड़े), गिजा सम्बन्धि रोग ,दांत किराले खाने तथा झर्ने ,दांत मा प्वाल पर्ने तथा अन्य मुख सम्बन्धि रोगहरुबाट मुक्त हुने अवस्था हो I हेर्दा सामान्य लाग्ने दांत र मुख सम्बन्धि रोगहरु जटिल भएपछि मात्र अस्पताल जाने परिपाटीले नेपाल जस्तो विकासोन्मुख मुलुकका अधिकाँश नागरिकहरु यस्ता रोगहरुबाट ग्रसित हुने गरेका छन् भने बर्सेनि ठुलो रकम यस सम्बन्धि रोगको उपचारमा खर्च हुने गरेको छ I
मुख स्वास्थ्य समस्याको वर्तमान अवस्था:
• नेपालमा हाल मुख स्वास्थ्यको अवस्था कहालीलाग्दो र अत्यासलाग्दो छ I देशको ९० % भन्दा बढी जनसंख्या दांत , मुख र अनुहारका बिभिन्न रोगहरुबाट ग्रसित छन् भने निकै थोरै जनसंख्या मात्र गुणस्तरीय स्वास्थ्यसेवाको पहुँचमा छन् I
• आश्रित उमेरसमूह र वर्ग (बालबालिका, वृद्बृदा, अशक्त, अपांग) यस किसिमका रोगहरुको प्रमुख सिकार बनेका छन् भने समयमा उपचार नपाएर स्थिति जटिल भएपछि मात्र अस्पताल जादा वार्डमा भर्ना गरेर उपचार गर्नु पर्ने अवस्थामा धेरै बिरामीहरु पुग्ने गरेका छन् I
• खानपानमा Refined carbohydrate (Chocolate, Candy ,Cake) युक्त खानेकुराको बढ्दो प्रयोग , चुरोट ,सुर्तिजन्य र सुपारीजन्य पदार्थको बढ्दो प्रयोगले दांत र गिजाको समस्याका साथै अरु precancerous ( क्यान्सर हुनुपुर्बको अवस्था ) र cancerous lesion ( क्यान्सर भैसकेको अवस्था ) को समस्या बढिरहेको छ I
• अधिकांस स्तनपान गरिरहेका र स्कुले बालबालिकाहरु मुखका धेरै दांत हरु एकैपटक क्षयहुने ( Early childhood caries /Nursing bottle caries ) रोगबाट ग्रसित छन् I
मुख स्वास्थ्य सम्बन्धि समस्या र चुनौतिहरु :
• समाजमा मुख स्वास्थ्य सम्बन्धि सामान्य जनचेतनाको अभाव र गलत सूचनाको प्रभाब , गुणस्तरीय स्वास्थ्य सेवाको पहुच नहुनु , अबैध सेवा प्रदायक , सेवा भन्दा व्यापार मुखी निजि स्वास्थ्य क्षेत्र , अव्यवस्थित , विभेदकारी र कमजोर सरकारी स्वास्थ्य प्रणाली र नीतिगत तहमा रहेका केहि स्वार्थ समुहको कारणले नेपालको मुख स्वास्थ्य क्षेत्र निकै कमजोर अवस्था बाट गुज्रिरहेको छ I
समाधानका उपायहरु:
• जबसम्म देशको सरकारी स्वास्थ्य प्रणाली सबल र सक्षम हुदैन , तबसम्म देशको जनसंख्याको ठुलो हिस्सा मुख स्वास्थ्य को छाता भित्र अट्न सक्दैन, त्यसैले देशभरीका सम्पूर्ण सरकारी अस्पताल, स्वास्थ्य केन्द्र हरुमा भौतिक पूर्वाधार , उपकरण आपूर्ति र जनशक्तिको उचित ब्यावस्थापनमा जोड दिनुपर्छ I
• स्वास्थ्य बिमाको कार्यक्रमलाई थप प्रभावकारी बनाउदै मुख स्वास्थ्यमा पर्ने उपचारको दायरा थप फराकिलो बनाउनु पर्छ र सम्पूर्ण रोकथामका उपचारहरू ( Preventive procedures ) स्वास्थ्य बिमा अन्तरग रहनुपर्छ I
• मुख स्वास्थ्य सम्बन्धि कार्यक्रम र बजेट विनियोजनमा गरिब , सीमान्तकृत, , पिछडिएको वर्ग , वृद्बृदा , दीर्घरोगी र बालबालिकाहरुलाई उच्च प्राथमिकता मा राख्नुपर्छ I
• School oral health programme जसमा बालबालिकालाई बिध्यालयमा गएर मुख स्वास्थ्य सम्बन्धि चेतना र उपचार गर्ने गरिन्छ , यस कार्यक्रम लाई प्रभावकारी ढंगले सबै बिध्यालयहरुमा लागु गराउनुपर्छ I
• Oral Screening programme प्रत्येक ६ /६ महिनामा सम्भब भएसम्म सबै पालिकहरुमा गर्नुपर्छ , जसले दांत र गिजाका रोगहरुको साथै मुख र घाटीको क्यान्सर जस्ता रोगहरुको अग्रिम पहिचान र थप जटिलता रोक्नको लागि ठुलो मद्त पुर्याउछ I
• सुर्तिजन्य पदार्थको बेचबिखन र उपयोगलाई निरुत्साहित पार्दै सुर्तिजन्य पदार्थ नियन्त्रण कार्योजना २०११ कडाईकासाथ लागु हुनुपर्छ I
• स्वाथ्य जनशक्ति बिचमा हुने विभेद अन्त्य हुनुपर्छ अनि सिमित दन्त चिकित्सकहरुपनि
सहर केन्द्रित हुने र विदेश पलायन हुने समस्यालाई रोक्न सरोकारवाला निकाय बेलैमा सचेत हुनुपर्छ I
डा. बिशाल चापागाईं
डेन्टल बिभाग
मध्यबिन्दु जिल्ला अस्पताल