मुलुकभर २१६ कोरोना संक्रमित थपिए, २०९ जना संक्रमणमुक्त


खबरस्टोरी संवाददाता
१८ पुष २०७८, आईतवार
मुलुकभर २१६ कोरोना संक्रमित थपिए, २०९ जना संक्रमणमुक्त

काठमाडौँ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ।

आइतबार २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै गत २४ घन्टामा ५ हजार ९६२ पीसीआर तथा १ हजार ६६९ एन्टिजेन परीक्षण भएको छ।