माल्दिभ्सबाट आज एक लाख डोज एस्ट्राजेनेका खोप आइपुग्दै


खबरस्टोरी संवाददाता
१४ कार्तिक २०७८, आईतवार
माल्दिभ्सबाट आज एक लाख डोज एस्ट्राजेनेका खोप आइपुग्दै

काठमाडौं । माल्दिभ्सबाट आज एक लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएकाे छ।

माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज नेपाल ल्याइने भएको हो  । खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।