Media Network

मापदण्ड नपुगेका चितवनका छ मेडिकल कारबाहीमा


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

चितवन । मापदण्ड पूरा नगरेका चितवनका विभिन्न ६ वटा मेडिकल कारबाहीमा परेका छन् । 

चितवनको भरतपुरस्थित चौबिसकोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको हो । 

मापदण्ड पूरा नगरेको भन्दै ती मेडिकलहरुलाई पाँच हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गपिरएको छ । 

कारबाहीमा पर्नेमा नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन् ।

नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन तीन लाख जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले जनकारी दिए । 

यस्तै, मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए । 

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद