Media Network

मिशन अस्पतालले स्वास्थ्य बीमाको रकम विरामीबाटै असुल्ने


खबरस्टोरी संवाददाता

१९ चैत्र २०७८,शनिबार

पाल्पा । पाल्पाको तानसेनस्थित युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम हटाएको छ । 

अस्पतालका निर्देशक डा. रचेल कारखले सार्वजनिक सूचना जारी गरी चैत २१ गते सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम हटाइएको जानकारी दिएकी छन् । 

अस्पतालले नेपाल सरकार स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी २०७४ सालदेखि बिमितहरुको स्वास्थ्य बीमा गर्दै आएको थियो । तर बिमितहरुको उपचार खर्च रकम स्वास्थ्य बीमा बोर्डबाट सोधभर्ना नपाएको भन्दै सोमबारदेखि सोधभर्ना नहुने बराबरको रकम विमित बिरामीहरुबाट असुल्ने अस्पतालले जनाएको छ । 

हालसम्मको बक्यौता रकमको भुक्तानी, खर्च अनुसारको मूल्य समायोजन, दाबी रकमको १५ दिनभित्रको भुक्तानी चैत मसान्तभित्र नपाएमा आगामी वैशाख ६ गतेबाट पूर्ण रुपमा नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने अस्पतालले जनाएको छ । 

अस्पतालको सूचना हेर्नुहोस् ः


नेपाल सरकारबाट पाउनु पर्ने रकम दाबी


Share:
Reaction :
ताजा समाचार
खेलकुद