Media Network

नेपाल औषधि लिमिटेडलाई थप १० औषधि उत्पादनको अनुमति


खबरस्टोरी संवाददाता

१३ माघ २०७८,बिहीबार

काठमाडौं । नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको अनुमति पाएको छ । कम्पनीलाई १० वटा औषधि उत्पादन गर्न औषधि ब्यवस्था विभागले अनुमति दिएको नेपाल औषधि लिमिटेडको प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले बताए । 

नेपाल औषधि लिमिटेड लामो समयदेखि औषधि उत्पादनको अनुमति माग्दै आएको थियो । 

थप १० वटा औषधि उत्पादनका लागि विभागले लिमिटेडलाई प्रमाणपत्र प्रदान गरेको छ । 

प्रबन्ध निर्देशक सफिउल्लाहका अनुसार अब नेपाल औषधि लिमिटेडले सिटामोलसहित १३ वटा औषधि उत्पादन गर्नेछ । 

नेपालमा सिटमोलको अभाव भइरहेका बेला विभागले RDZ-400, Cetaplus, Cetrimine, Amgit-400, Ardiron-60, Neprofen-400, Haemodialysis Fluid part A, Haemodialysis Fluid part B, Ardicipro-500, Azcin-500, Amgit Df औषधि उत्पादन गर्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद