Media Network

नेपालमा फेरि फैलिँदैछ कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । नेपालमा केही समयदेखि कोरोना संक्रमण कम भइ स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसक्दा फेरि कोरोना संक्रमण फैलिँदै गएको छ । संक्रमण बढ्दै गए पनि सरकारले संक्रमण फैलिन नदिन थप कार्यक्रम भने अगाडि सारेको छैन । 

कोरोना संक्रमण कम हुँदै गएपछि सार्वजनिक ठाउँमासमेत मास्क लगाएर हिड्न छाडेका थिए । गएको निर्वाचनमा समेत मतदातालाई मास्क अनिवार्यसमेत गरिएको थिएन । 

केही दिनयता कोरोना संक्रमण दर बढ्दै गएको छ । दिनहुँजसो एक भन्दा बढीलाई संक्रमण देखिन थालेको छ । शनिवार मात्रै पनि देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ जनाको परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टी भएको छ । 

शनिवार देशभर १५३९ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३० जनालाई संक्रमण पुष्टी भएको छ ।  

अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद