Media Network

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो, परिक्षण गरिएकामध्ये १७।५५ प्रतिशतमा संक्रमण


खबरस्टोरी संवाददाता

२४ माघ २०७८,सोमबार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको हो । नेपालमा हालसम्म ६२ लाख ७८ हजार ७४८ जनामा कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ५२ लाख ८३ हजार ३७२ जनाको पीसीआर र ९ लाख ९५ हजार ३७६ जनाको एन्टीजेन विधिबाट स्वास्थ्य परिक्षण गरिएको थियो । नेपालमा कोरोना परिक्षण गरिएकामध्ये १७।५५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा रहेका कोरोना संक्रमतिमध्ये ९ लाख १५ हजार ४८९ जना निको भइसकेका छन् । नेपालमा कोरोना निको हुने दर ९४।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ८२७ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण हुने मृत्युदर १।३ प्रतिशत रहेको छ । अर्थात संक्रमितमध्ये १।३ प्रतिशतको मृत्यु भएको छ । विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित २०७६ माघ महिनामा भेटिएका थिए । त्यसपछि आजसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख नाघेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद