अस्पतालका अनुसार नयाँ भेरियन्ट देखिएको संक्रमित कहाँको हो भनेर पहिचान भइसकेको छैन । बीए फाइभ भेरियन्ट छिटो फैलने क्षमतायुक्त भएको विज्ञहरू बताउँछन् । ‘तीव्र गतिमा फैलने क्षमता भएको तर घातक नभएको देखिन्छ,’ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन भन्छन् । छिमेकी देश भारतमा पनि बीए फाइभका संक्रमित देखिएका छन् ।
सीमा नाकाबाट नागरिक नेपाल भित्रिदा नयाँ भेरियन्टको जोखिम उच्च भएको सरकारी अधिकारीहरू बताउँछन् । ‘सीमा नाकामा दैनिम १०–१२ वटा केस देखिएको छ ।