Media Network

नेपालमा पनि २ जनामा देखियो ओमिक्रोन


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ। नेपालमा पनि दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद