Media Network

नेपालमा थप एक जनामा 'ओमिक्रोन' भेरियन्ट पुष्टि


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाडाैँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको 'ओमिक्रोन' भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । 

नियमित जिन सिक्वेन्सिङका क्रममा आज १ जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

ओमिक्रोन पुष्टि भएका ९२ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले जानकारी दिइन् । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो । 

गत २४ घण्टामा कूल ७ हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित भएका पाइएको छ । ४ हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, पछिल्ला २४ घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । ४ हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी ५ हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद