काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आइभीएफको इजाजत पाउने पहिलो अस्पताल बनेको छ। नर्भिकले जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाएको हो ।
अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो । जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी (आईभीएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।
महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । नर्भिकले भर्खरै आइबीएस सेन्टर पनि सुरु गरेका छ जसले निसन्तान दम्पतीलाई सेवा प्रधान गर्दै आइरहेको छ ।