नर्भिक बन्यो आइभीएफको इजाजत पाउने पहिलो अस्पताल


खबरस्टोरी संवाददाता
२ फाल्गुन २०७८, सोमबार
नर्भिक बन्यो आइभीएफको इजाजत पाउने पहिलो अस्पताल

काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आइभीएफको इजाजत पाउने पहिलो अस्पताल बनेको छ। नर्भिकले जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाएको हो  । 

अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो । जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी (आईभीएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।

महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार  जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । नर्भिकले भर्खरै आइबीएस सेन्टर पनि सुरु गरेका छ जसले निसन्तान दम्पतीलाई सेवा प्रधान गर्दै आइरहेको छ ।