Media Network

नर्भिकमा मिर्गौला रोगीले शनिबार निःशुल्क ओपीडी सेवा पाउने


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते भोलि (शनिबार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो। 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ। मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्ने छन्। 

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद