Media Network

नारायणी अस्पतालमा उपचारत थप २ सङ्क्रमितको निधन


खबरस्टोरी संवाददाता

१५ माघ २०७८,शनिबार

बीरगंज । बीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । नारायणी अस्पतालमा भर्ना भएका बीरगंज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगरका ७३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

उच्च ज्वरो,रुघा खोकी निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पताल आएका पुरुषको माघ १४ गते गरिएको एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार देखी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा आज बिहान उपचारकै क्रममा निधन भएको डाक्टर सिंहले बताए ।

यसैगरी आज बिहान ८ बजे उपचारकै क्रममा बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा निधन भएको छ । मधुमेह र मस्तिष्क रोगी समेत रहेका पुरुषको आइसियुमा उपचारको क्रममा निधन भएको कोभिड संयोजक सिंहले बताए ।

मृतक पुरुषको माघ १४ गते गरिएको एण्टीजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले कोरोना संक्रमण विरुद्धको दुई डोज भेरोसेल खोप समेत लगाएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद